आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न विनोद चौधरीको पहल

सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न विनोद चौधरीको पहल

  • मिडिया डबली
  • आइतवार, कार्तिक २० २०७९

  • 2.2K
    SHARES

  • सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न विनोद चौधरीको पहल

    नवलपरासी - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् ।

    उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका हुन् ।

    सुस्ता गाउँपालिकाअन्तर्गत रूपौलिया, बरूवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

    स्थानीय माया कोहारले विनोद चौधरीले उक्त समस्याकाे समाधान हुनेसमेत विश्वास व्यक्त गरिन् । कोहारले भनिन्, ‘उद्योगपति पनि हुनुहुन्छ । देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ ।’

    नारायणि नदी बस्ती नजिक रहेको र गण्डक नहरलेसमेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए । उनले उद्योगपति एवं कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोन गर्दा आफूहरू हर्षित भएको र समस्याको समाधान हुने विश्वास लिएकाे बताए ।

    उनले भने, ‘पहिलो चुनाव जितेर जाने जोकोहीले पनिबाढी समस्या समाधान गर्छु भन्छन् । तर समाधान हुँदैन । अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौं ।’

    प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बाढी र डुबानको समस्या समाधान गर्ने विषयमा आफू गम्भीर रहेको बताए । बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य उम्मेदवार देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend