काठमाडौँ- नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले केवल शत्ताका लागि गरिने राजनीतिको आयु कम हुने बताएका छ्न।
राजनीतिको मुल प्रवाह बिकास निर्माण सग जोडिनु पर्ने बताउदै चौधरीले युवा,महिला र सबै बर्ग अट्ने गरि स्पष्ट बिकासको खाका कोरेर अघि बढ्नु पर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे।
वडा कार्यसमिति बर्दघाट १३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले आम मतदाता र उमेदवारबिचको दुरी चिर्ने गरि आफू मैदानमा उत्रिएको जिकिर गरेका छन्।
संगठनको एक्यवद्धताले नै यो क्षेत्रको बिकास र परिवर्तनना हातेमालो गरि अघि बढ्न सकिने उनको भनाई थियो।आम कार्यकर्ता र मतदाताको भावनलाई समेटेर हिड्नु र त्यसलाई सहि रुपमा दिशानिर्देश गर्ने गरि लागिपर्नु नै आफ्नो कर्तव्य हुने चौधरीलेले धारणा ब्यक्त गरे।
चौधरी यतिबेला बर्दघाट नगपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।