आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा : नेता चौधरी

मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा : नेता चौधरी

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १७ २०७९

  • 2.5K
    SHARES

  • मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा : नेता चौधरी

    नवलपरासी-  नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा रहेको बताएका छन् ।

    नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले बताए । पश्चिम नवपरासी निर्वाचन क्षेत्र न. १ मा सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा उम्मेवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले मुस्लीम समुदाय नेपालको राष्ट्रिय राजनितिमा निर्णायक र महत्पुर्ण भुमीका निर्वाह गर्न सक्ने समुदाय रहेको जिकिर गरे।

    मुस्लीम समुदाय समेत नेपालको परिपेक्षमा मुल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लीम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पुर्ण साथ रहेको विश्वास व्यक्त गरे।

    निर्वाचन केन्द्रीत बिषय बस्तुहरुलाई प्रकाश पादै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या , उखु किसानको समस्या र उत्पादीक केराको बजारीकरण वारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दावी गरेका छन् ।

    जनताको आय स्तर बृद्धि हुनुपर्नेमा जोड दिदै नेता चौधरीले समग्र रुपमा मुस्लीम समुदायको शैक्षिक स्तर बृद्धि , बिश्व बिद्यालय स्थापना , लगायतका बिषयमा सरकारले प्राथमिकता दिनुपर्नेजानकारी दिएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २९ २०७९०२:०४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend