आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सम्भावना र श्रोतका बिच नवलपरासीलाई बर्षौ सम्म बिकासबाट बञ्चित गरियोः बिनोद चौधरी

सम्भावना र श्रोतका बिच नवलपरासीलाई बर्षौ सम्म बिकासबाट बञ्चित गरियोः बिनोद चौधरी

  • मिडिया डबली
  • सोमवार, कार्तिक १४ २०७९

  • 3.3K
    SHARES

  • सम्भावना र श्रोतका बिच नवलपरासीलाई बर्षौ सम्म बिकासबाट बञ्चित गरियोः बिनोद चौधरी

    काठमाडौँ- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले पश्चिम् नवलपरासीमा थुप्रै सम्भावना र श्रोतसाधनहरु रहेपनि त्यसको समुचित सदुपयोग हुन नसक्दा नवलपरासी सुगम भित्रकै दुर्गम जस्तो भएको बताएका छन् ।

    म यस क्षेत्रमा आएको आज २१ दिन भो,यहाँका धेरै क्षेत्र डुले समस्याका चाङहरु सुनेपछि लाग्यो अपार सम्भावना भएर पनि ७७ वटै जिल्ला मध्येको पिछडिएको क्षेत्र यो हो ।चौधरीले प्रतिप्रश्न गर्दै भने यत्रो बर्ष सम्म जनताहरु किन आफुले जिताएको प्रतिनिधिलाई प्रश्न गर्दैनन् ।

    यहाको बिकास भएन भनेर किन सोध्दैनन् । आफुले जिताएको प्रतिनिधिलाई जवाफदेहि बनाउनुपर्ने हरेक नागरिकको कर्तव्य भएको चौधरीले बताए ।

    चुनाव जितेर जाने तर बिकासका नाममा माखो नमार्ने प्रवृत्ति अब नचल्ने र जनताको समस्यालाई कुल्चिएर हिड्ने छुट कसैलाई नभएको भन्दै चौधरीले आक्रोस व्यक्त गरे ।

    नेपालमा बिकासको कुल बजेटको १५ प्रतिसत समेत खर्च नहुनु दुखद् रहेको बताउदै बजेट अभाव भएर नभै नेतृत्वको भिजन र सोचको अभाव भएको उनको दावि थियो । नेपालि कांग्रेस वडा कार्यसमितीले आज बर्दघाटका बिभिन्न वडामा गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उमेदवार चौधरीले बुटवल नारायणगढ सडक खण्डको दुरावस्थाले नवलपरासीको विकासलाई बन्दि बनाएर राखेको उल्लेख गरे ।

    सुस्ताको डुवान र गण्डक पिडितको समस्यालाई पटक पटक आफ्ना कार्यक्रमहरुमा उठान गर्दै आएका चौधरीले एकातर्फ डुवान पिडितको समस्या अकातर्फ सचिाईको अभावमा किसान बिस्थापित हुनुपर्ने अवस्था बिडम्बना रहेको बताए ।

    गण्डक सम्झौतामा नेपालले पाउनुपर्ने अधिकार र सुबिधाको सम्झौताको फाईल बर्षौ सम्म दराजमा थन्किएर बसेको भन्दै बन्द फाईल चाडै खोल्ने बेला आएको चौधरीले बताए । चौधरीले वडा नम्बर २ को बासखोला पुल,सुखौराको जिर्ण सडकका बारेमा समेत चासो व्यक्त गरेका थिए ।

    बर्दघाट को वडा नम्बर २ शैक्षिक हवको रुपमा रहेको बताउदै चौधरीले यहाँको शैक्षिक क्षेत्रको बिकासका लागि समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

    युवा स्वरोजगारको बिषयलाई उठान गर्दै चौधरीले आजसम्म जिल्लामा सिप सिक्नकालागि सिटिईभिटि टेक्निकल कलेज नहुनु आश्चर्यजनक भएको बताए ।यस क्षेत्रका युवाहरुलाई उद्यमशिलता सँग जोड्न निकट भविष्यमै त्यसकालागि पहल गरि स्थापना गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै प्रदेससभा सदस्यका उमेदवार विश्वप्रेम पाठकले बिशेष गरेर यस क्षेत्रको शैक्षिक बिकासकालागि आफुले सक्दो योगदान गरेको बताए ।

    यस क्षेत्रको स्थानिय सरकार गठबन्धनले निर्माण भएको बताउदै उमेदवार पाठकले सबैलाई मिलाएर लैजानुको बिकल्प नभएको बताए । बिकास निर्माणलाई पुर्णता दिन प्रदेश र संघमा पनि गठबन्धनलाई बिजयि गराउनु पर्ने पाठकको भनाई थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २९ २०७९०२:०४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend