सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गठबन्धनमै हुने भयो प्रतिस्पर्धा, चुनावी रौनक थपिने 

गठबन्धनमै हुने भयो प्रतिस्पर्धा, चुनावी रौनक थपिने 

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ११ २०७९

  • 2.4K
    SHARES

  • गठबन्धनमै हुने भयो प्रतिस्पर्धा, चुनावी रौनक थपिने 

    काठमाडौं– सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले प्रतिनिधि सभाका तीन स्थानमा गठबन्धनका दलबीच नै आपसी प्रतिस्पर्धा हुने भएको छ। धनुषा–२ मा कांग्रेस र नेकपा एस, सर्लाही-२ मा माओवादी र लोसपा र काठमाडौं–१० मा कांग्रेस र माओवादीबीच आपसी प्रतिस्पर्धा हुने भएको हो। 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संयुक्ति विज्ञप्ति जारी गर्दै विवाद नमिलेका यीलगायत प्रदेशसभाका १२ स्थानमा मितवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

    ‘केही स्थानहरूमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ। ती स्थानमा एक आपसमा समान र सोहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ,’ चार दलका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। 

    उनीहरूले विवाद भएका ५ स्थानमा छलफल गरी टुंगो लगाउने पनि निष्कर्ष निकालेका छन्। बाजुरा १चार शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा विवाद नभएका स्थानमा भने गठबन्धनका उम्मेदवारलाई मत मागेका छन्। 

    गठबन्धनमा सामेल भएपनि लोसपाले यसमा हस्ताक्षर गरेको छैन। 

    प्रतिनिधिसभा
    धनुषा-२ – कांग्रेस र नेकपा एस
    सर्लाही-२ – माओवादी र लोसपा
    काठमाडौं-१० – कांग्रेस र माओवादी

    प्रदेशसभा
    सर्लाही १ (१) – माओवादी र लोसपा
    महोत्तरी २ (२) – नेकपा एस र लोसपा
    बारा १ (२) – कांग्रेस र नेकपा एस
    पर्सा ३ (२) – कांग्रेस र नेकपा एस
    काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस
    काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस
    काठमाडौंं १० (१) – कांग्रेस र माओवादी
    काठमाडौं ६ (२) – कांग्रेस र माओवादी
    बाँके २ (१) – कांग्रेस र नेकपा एस
    बाँके २ (२) – कांग्रेस र माओवादी
    कञ्चनपुर २ (२) – कांग्रेस र नेकपा एस
    कञ्चनपुर ३ (१) – माओवादी र नेकपा एस

    छलफल जारी
    स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस
    हुम्ला १ – माओवादी र नेकपा एस
    सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस
    सुर्खेत २ (२) – माओवादी र नेकपा एस
    बाजुरा १ – माओवादी र नेकपा एस

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ९ २०७९१०:०४:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend