आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने, नवलपरासी मेरो कर्मभूमी हो

उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने, नवलपरासी मेरो कर्मभूमी हो

  • मिडिया डबली
  • आइतवार, आश्विन २३ २०७९

  • 3.1K
    SHARES

  • उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने, नवलपरासी मेरो कर्मभूमी हो

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले राजनीतिमार्फत् नवलपरासीको विकासका लाथि थप भूमिका खेल्ने बताएका छन् ।

    आज दिउँसो नलवपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्तापछि चौधरीले नवलपरासी आफ्नो कर्मभूमी भएको बताए । उनले विगत ४० वर्षदेखि नवलपरासीको सामाजिक र आर्थिक विकासमा क्रियाशील रहेको उल्लेख गर्दै अब राजनीतिमार्फत् समग्र विकासका लागि योगदान दिने बताए । ‘नवलपरासी मेरा लागि नयाँ ठाउँ होइन । ४० वर्षदेखि म यो जिल्लामा क्रियाशील छु ।

    यहाँका बारेमा राम्रो जानकारी छ । काठमाडौं मेरो जन्मभूमि भएपनि यो जिल्लालाई मेरो कर्मभूमि बनाउँदै आएको छु,’ उनले भने, ‘राजनीतिक र भौगोलिक दृष्टिकोणले २०७२ सालदेखि दुई वटा क्षेत्र बन्यो ।

    उद्योगग्राम स्थापनादेखि आध्यात्मिक क्षेत्र शाश्वतधाम निर्माणमा म लागेको छु । यहाँको सामाजिक र आर्थिक विकासको बाटोलाई रोजेँ । अहिले मेरो यात्रा राजनीतिक यात्राबाट यो क्षेत्रको विकासका लागि थप भूमिका खेल्छु ।’

    उनले देशका विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव लड्न आफूलाई प्रस्ताव आएपनि नवलपरासीसँगको आफ्नो विशेष सम्बन्ध रहेको बताए । ‘साथीहरुले विभिन्न ठाउँबाट निर्वाचन लड्न मलाई स्नेहपूर्वक प्रस्ताव गर्नुभयो । तर नवलपरासीसँग मेरो माया, नवलपरासीसँगको मेरो चिनारी छ,’ उनले थपे, ‘जसले गर्दा मैले यो जिल्ला रोजे ।’

    कांग्रेस नेता चौधरीले नवलपरासी–१ का जनताको सपनालाई पुरा गर्न आफूले पुलको भूमिका खेल्ने बताए । ‘यो क्षेत्रको विकासको आकांक्षा, युवाहरुको सपनालाई यथार्थतासँग जोड्ने पुलको रुपमा मलाई उभिने अवसर मिलेको छ,’ उनले भने ।

    उद्योगपतिसमेत रहेका नेता चौधरीले राजनीति केवल राजनीतिका लागि मात्रै नभएको प्रष्ट पारे । राजनीतिमा आफू संलग्न हुनुको कारण खोल्ने उनले भने, ‘राजनीति विकासकेन्द्रीत हुनुपर्छ । सधैंभरी सदनमा बस्दाखेरी होस् वा अन्य संस्थाहरुको नेतृत्व गर्दा सधैं विकासका पक्षमा बोलेको छु ।

    काम गरेको छु । यो क्षेत्र विकासमा धेरै अगाडि बढ्न सक्छ केरा खेतिको माध्यम होस् वा उखु ।’ कांग्रेस नेता चौधरीको उम्मेदवारीलाई लिएर स्थानीयमा उत्साह बढेको छ । नेपालका एक मात्रै डलर अर्वपति चौधरी नवलपरासी १ मा उम्मेदवार भएपछि यहाँको विकास हुने स्थानीयको विश्वास छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend