नवलपरासी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई नवलपरासीमा भव्य स्वागत गरिएको छ । कांग्रेसबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीलाई स्थानीयले स्वागत गरेका हुन् ।
आज उम्मेदवारी मनोनयन दर्ताका लागि नवलपरासी पुगेका उनलाई पार्टीका नेता कार्यकर्ताका साथै गठबन्धनमा आवद्ध अन्य दलहरुले पनि स्वागत गरेका छन् । चौधरीले टिकट पाएसँगै स्थानीयबासीमा पनि उत्साह देखिएको छ ।
कांग्रेसको संसदीय बोर्डले चौधरीलाई नवलपरासी १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।
चौधरीलाई कांग्रेस नेताहरु विक्रम खनाल, देवकरण कलवार सन्तुलगायत स्थानीय कार्यकर्ताले स्वागत गरे । चौधरीको उम्मेदवारीले जिल्लामा विकासको ढोका खुलेको स्थानीयको विश्वास छ । चौधरीले केहि बेरमा उम्मेदवारी दर्ता गर्दैछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।