बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

यसरी तुहिँदैछ चोलेन्द्रको सर्वोच्च फर्कने योजना

यसरी तुहिँदैछ चोलेन्द्रको सर्वोच्च फर्कने योजना

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 4.6K
    SHARES

  • यसरी तुहिँदैछ चोलेन्द्रको सर्वोच्च फर्कने योजना

    काठमाडौं - संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा असोज २ गते सर्वोच्च फर्कने तयारीमा रहेको भन्दै चर्चा हुन थालेको छ ।

    प्रतिनिधिसभाको कार्यकाल असोज २ गते सकिने भएकाले जबरा सर्वोच्च फर्कन लागेका हुन् कि भन्ने धेरैलाई लागेको छ । चालू प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव पार नलाग्ने भएपछि जबरा फेरि सर्वोच्च फर्कन लागेको भन्दै उनी निकट व्यक्तिहरू खुसी देखिएका छन् ।

    महाभियोग सिफारिस समितिले उनीविरुद्धको पहिलो चरणको बयान मात्र सकेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले यो महाभियोगको प्रस्ताव राष्ट्रिय सभाले हेर्न मिल्ने बताएका छन् ।

    महाभियोगसम्बन्धी संविधानको व्यवस्थामा धारा १०१ को उपधारा १ मा भनिएको छ, ‘यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन् ।

    त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदमुक्त हुनेछन् ।’ यो व्यवस्थाले महाभियोगको छलफल र मतदानमा राष्ट्रिय सभाको पनि संलग्नता खोजेको देखिन्छ ।

    अहिले महाभियोग सिफारिस समितिले प्रारम्भिक बयान र छानबिनको काम गरिरहेको छ । अब थप काम गर्न राष्ट्रिय सभालाई सिफारिससहित प्रतिनिधिसभाले सो प्रतिवेदन पठाएमा भने यो विषय जीवितै रहन सक्छ र प्रधानन्यायाधीश सर्वोच्च फर्कने बाटो बन्द हुन्छ ।

    अधिकांश कानुन व्यवसायी र दलका नेताहरूले जबराविरुद्धको महाअभियोग प्रस्ताव हाललाई राष्ट्रिय सभामा पठाउने र नयाँ प्रतिनिधिसभा आएपछि त्यहीँ छलफल हुने धारणा सार्वजनिक गर्न थालेका छन् ।

    यदि राष्ट्रिय सभामा महाअभियोग प्रस्ताव पठाइएमा जबराको सर्वोच्च फर्कने सपना तुहिने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २८ २०७८११:२४:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend