बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

चोलेन्द्रशमशेरलाई अर्को ठुलो धक्का, मन्त्रालयले दियो यस्तो जानकारी

चोलेन्द्रशमशेरलाई अर्को ठुलो धक्का, मन्त्रालयले दियो यस्तो जानकारी

  • मिडिया डबली
  • बिहिवार, चैत्र २४ २०७८

  • 4.2K
    SHARES

  • चोलेन्द्रशमशेरलाई अर्को ठुलो धक्का, मन्त्रालयले दियो यस्तो जानकारी

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई फेरि अर्को ठुलो धक्का लागेको छ ।

    आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको छ ।

    निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो ।

    संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयले जनाएको छ ।

    का एक अधिकारीले बताए । सोमबार गृहले विभूषण लिनका लागि सूचना जारी गरेको थियो । जुन सूचीमा जबराको समेत नाम छ ।

    बुधबार यस विषयमा गृह मन्त्रालयमा छलफल भएको थियो, जसमा उनीमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो ।

    गृहले विभूषणअन्तर्गत राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी लिनका लागि २८ चैतभित्र पास लिन सूचना जारी गरेको छ । अलंकार र पदक भने मन्त्रालयले आफैँ वितरण गर्दछ ।

    पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए ।

    आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समितिसमेत बनिसकेको छ । तर, समितिको बैठक भने बस्न सकेको छैन ।

    विभूषण दिने निर्णय गरेका व्यक्तिमाथि फौजदारी अभियोग लागेमा त्यस्तो विभूषण रद्द गर्न सकिने विभूषण नियमावलीमा प्रावधान छ ।

    अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग मिलेर संवैधानिक अंगमा भागबन्डा खोजेको, आफ्ना मान्छे भर्ती गरेको, न्याय सम्पादन गर्न नसकेको भन्दै उनीविरुद्ध कानुन व्यवसायी मात्र होइन, न्यायाधीश नै आन्दोलित भएपछि उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

    तर, सरकारले संसद् अधिवेशन स्थगित गरेकाले उनको महाअभियोग प्रस्ताव अघि बढ्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २८ २०७९११:१९:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend