बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गृहमन्त्री खाँणले रोजे यी सचिव, कर्मचारीतन्त्रमा खैलाबैला 

गृहमन्त्री खाँणले रोजे यी सचिव, कर्मचारीतन्त्रमा खैलाबैला 

  • मिडिया डबली
  • मंगलवार, भाद्र २८ २०७९

  • 8.2K
    SHARES

  • गृहमन्त्री खाँणले रोजे यी सचिव, कर्मचारीतन्त्रमा खैलाबैला 

    काठमाडौं– सरकारले निर्वाचनको संघारमा गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । गृह सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ भने गृहमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ ।

    बालुवाटारको जोडबलमा विनोदप्रकाशलाई गृह सचिवमा ल्याइएको मन्त्रालय स्रोतले बताएको छ । सिंह ६ असारमा मात्र सचिवमा बढुवा भएका थिए । उनले लामो समय गृह प्रशासनमै काम गरेको र सुदूरपश्चिमको भएकाले गृहमा ल्याइएको स्रोतको दाबी छ।

    पाण्डेले साउन २०७८ देखि गृह मन्त्रालयमा सचिव थिए । तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका पाण्डेलाई खाँणले गृहमा ल्याएका थिए ।

    सोमबारकै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । आपूर्ति मन्त्रालयका गणेश पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९१०:३७:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend