मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मंसीरमा हुने आम निर्वाचनमा विद्युतिय मतदान, देउवा सरकारको चौतर्फी प्रसंशा

मंसीरमा हुने आम निर्वाचनमा विद्युतिय मतदान, देउवा सरकारको चौतर्फी प्रसंशा

  • मिडिया डबली
  • बिहिवार, जेठ १९ २०७९

  • 16.4K
    SHARES

  • मंसीरमा हुने आम निर्वाचनमा विद्युतिय मतदान, देउवा सरकारको चौतर्फी प्रसंशा

    काठमाडौं । निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ ।  निर्वाचन आयोगका एक आयुक्तका अनुसार अहिलेसम्म पदाधिकारीहरुको बैठकमा औपचारिक रुपमा आगामी निर्वाचनका बारेमा छलफल सुरु भएको छैन । अनौपचारिक रुपमा भने दशैंतिहार लगत्तै निर्वाचन गर्नुपर्नेवारे छलफल भएको उनी बताउँछन् ।

    २२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०–१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो । 

    दुई चरणमा निर्वाचनको सिफारिस भएमा चिसो मौसम सुरु हुने भएकाले हिमाली जिल्लाको बाहुल्य रहेको कर्णाली, गण्डकी लगायतका प्रदेशहरुमा आयोगले पहिलो चरणमा निर्वाचन गराउनेछ । अहिलेको कानुनले एउटा प्रदेशमा एकै चरणमा निर्वाचन गराउनुपर्ने भएकाले सुरक्षा चुनौती देखिएको मधेश र ज्यादा मतदान केन्द्रको व्यवस्थापन गर्नुपर्ने लुम्बिनी प्रदेशमा अर्को चरणमा निर्वाचन गर्ने तयारी छ ।

    दुई चरणमा निर्वाचन गर्नुपरेमा निर्वाचन सामग्रीको ढुवानी र मतपेटिकाको सुरक्षाका लागि अतिरिक्त खर्च लाग्ने आयोगको अनुमान छ । दुई चरणमा निर्वाचन गर्नुपर्नेमा एउटै भौगोलिक क्षेत्रमा समेत दुई पटक निर्वाचन सामग्री ओसार्दा ढुवानी खर्च बढ्छ । अर्कोतर्फ फरक फरक मितिमा निर्वाचन भए पनि अन्तिम चरणको मतदान सकिएपछि मात्रै सबैतिर मतगणना हुन्छ ।

    निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाले काठमाडौं उपत्यका र बाहिर महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदान गराएर आवश्यक पर्ने पूर्वाधार र स्रोतसाधनको गृहकार्य गरिरहेको छ । आयोगले काठमाडौं उपत्यकासहित महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदानको प्रस्ताव सरकारलाई बुझाउने तयारी गरेको हो ।

    आयोगका एक प्राविधिकका अनुसार, प्रस्ताव अघि बढेमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय मतदान आवश्यक पर्नेछ । आयोगले प्रस्ताव उपयुक्त लागेमा विद्युतीय मतदान यन्त्र खरिद गरिदिन सरकारलाई प्रस्ताव पठाउनेछ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी एउटा मतदान केन्द्रमा चारवटा मेसिन आवश्यक पर्नेछ ।

    यी सात जिल्लामा १ हजार ११८ मतदानस्थल छन् । सबै शहरी र सघन बस्ती भएका मतदानस्थल भएकाले एउटामा एकभन्दा बढी मतदानकेन्द्र पर्नेछन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण ३ २०७७०७:१८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend