सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डकी बुहारी विरुद्ध कांग्रेसका विष्ट चुनाव लड्ने, कुनै हालतमा नछोड्ने तयारी

प्रचण्डकी बुहारी विरुद्ध कांग्रेसका विष्ट चुनाव लड्ने, कुनै हालतमा नछोड्ने तयारी

  • मिडिया डबली
  • सोमवार, भाद्र २० २०७९

  • 11.6K
    SHARES

  • प्रचण्डकी बुहारी विरुद्ध कांग्रेसका विष्ट चुनाव लड्ने, कुनै हालतमा नछोड्ने तयारी

    काठमाडौं– कञ्चनपुर–१ मा प्रतिनिधिसभा उम्मेदवारका लागि नेपाली कांग्रेसले दिवानसिंह विष्टको एकल नाम सिफारिस गरेको छ ।

    यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर विजयी भएकी थिइन्। कांग्रेस क्षेत्रीय समितिको बैठकले संविधानसभा सदस्य विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि तयार पारेको हो ।

    अघिल्लो निर्वाचनमा विस्टलाई मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन् । ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी विना मगरको लागि अहिले गठबन्धनभित्र यस क्षेत्रमा माओवादीले सशक्त दाबी गरिरहेको छ । विना मगरको क्षेत्रमा कांग्रेसले उम्मेदवार सार्वजनिक गरिसक्दा माओवादीले भने सिफारिस गरिसकेको छैन ।

    २१ गतेभित्र सिफारिस प्रक्रिया टुंग्याइने एक नेताले बताए । कांग्रेसभित्र भने गठबन्धनको भावना अनुसार अगाडि बढ्ने रणनीतिका साथ केन्द्रको परिपत्र अनुसार सबै क्षेत्रका उम्मेदवार सिफारिस गरिरहेको जिल्ला सचिव भीम भट्टले बताए ।

    भोलि केन्द्रीय गठबन्धनको निर्णय अनुसार आफूहरूले छाड्नुपर्ने हुनसक्ने उनले बताए । प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका विष्टले भने क्षेत्र नम्बर १ मा माओवादी कमजोर रहेको दाबी गरे ।

    उनले आफ्नो क्षेत्रमा तालमेल नगर्ने निर्णयसमेत भएको सुनाए । गत स्थानीय तहको चुनाव यहाँ नेकपा एमाले पहिलो पार्टी बनेको छ । यो क्षेत्रमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, नेकपा एसको ३ हजार ५२१, र राप्रपाको २ हजार ६९२ मत थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७११:३१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend