काठमाडौं- मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । प्रतिवेदन सार्वजनिक हुनुअगावै आयोगले घटनाका विषयमा जानकारी गराउन मन्त्रालयलाई लिखित पत्राचार गरेको थियो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको जानकारी दिए । गत असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको पानी सिन्धुपाल्चोकको हेलम्बुस्थित फ्लसिङ अडिटको ढोका फुटेर बाहिर आएपछि चार जना कर्मचारीलाई बगाएको थियो ।
बगाएका मध्ये एक जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै अख्तियारलाई पठाइएको हो । उक्त प्रतिवेदन मंगलबार मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाइएको थियो । प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र होइन, ढोका र नटबोल्टको गुणस्तरमाथि पनि प्रश्न उठाइएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।