सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बुहारी मन्त्रीको गफै बढी, दशैंमा मेलम्चीको पानी काठमाडौं नआउने

बुहारी मन्त्रीको गफै बढी, दशैंमा मेलम्चीको पानी काठमाडौं नआउने

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.5K
    SHARES

  • बुहारी मन्त्रीको गफै बढी, दशैंमा मेलम्चीको पानी काठमाडौं नआउने

    काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बुहारीले सम्हालेकाे खानेपानी मन्त्रालयले याे दशैँमा पनि काठमाडौंबासीलाई मेलम्चीको पानी पुर्याइदिन नसक्ने भएकाे छ । 

    खानेपानीमन्त्री विना मगरले समेत वर्षेनी मेलम्चीको पानी दशैंमा आउने घोषणा गर्दै आएकी छन् । तीन महिनाअघि मात्रै पनि मन्त्री मगरले याे दशैंसम्म पानी काठमाडौंवासीले खान पाउने बताएकी थिइन् । 

    तर, ९७ प्रतिशतभन्दा पूरा निर्माण भइसकेको मेलम्ची यो दशैँमा पनि पानी नआउँने कुरा बाहिरीएको छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

    मन्त्रालयले भने गत महिना भएको अकल्पनीय दुर्घटनाले अगामी दशैँसम्म पानी काठमाडौं पुर्याउने लक्ष्यमा ढिलाइ भएको बताएको छ । गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो।

    खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मेलम्चीको पानी खसाल्ने गेट बनाउनुपर्ने भएकाले कात्तिक मंसिररभन्दा पहिले पानी परीक्षण गर्न नसकिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७०५:०५:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend