बेलौरी- खानेपानी मन्त्री बिना मगरका कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। मगरका भित्रिया कार्यकर्ता किसन नेपाली नै कांग्रेस प्रवेश गरेपछि उनलाई झट्का लागेको हो।
मन्त्री मगरको निर्वाचन क्षेत्र बेलौरी नगरपालिका लक्ष्मिपुर निवासी नेपाली सोमबार कांग्रेस प्रवेशगरेका हुन । उनलाई नेपाली कांग्रेसका पुर्ब संविधान सभा सदस्य दिवान सिह बिष्टले टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।
उनीहरुमा पुनर्वास नगरपालिका ७ का बुद्धिमान तामाङ, एलिया तामाङ, रमेश तामाङ, बेल्डाँडी गाउँपालिका २ का वीर बहादुर चन्द, राजन नाथ, बेलौरी नगरपालिका ६ का लोक बहादुर थापा, राजु चौधरी, बेलौरी नगरपालिका ४ का शिबु सुनार लगायतका छन् । बेलौरीमा कार्यक्रम गरी उनीहरु सबैलाई पार्टी प्रवेश गराइएको छ ।
निर्वाचन क्षेत्रका अधिकांश समर्थक र कार्यकर्ताले मन्त्री मगरको आलोचना गर्दा समेत नेपालीले मन्त्रीलाई दरो साथ दिँदै आएका थिए ।
सामाजिकरुपमा उत्पीडित समुदायका दुख व्यथाहरु उजागर गर्दै अएका नेपालीले मन्त्री मगरलाइ समर्थन गर्दै सामाजीक सन्जालमा लेख्दै समेत आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।