सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिना मगरको किल्ला भत्किने खतरा, आज पनि नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

बिना मगरको किल्ला भत्किने खतरा, आज पनि नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 9.9K
    SHARES

  • बिना मगरको किल्ला भत्किने खतरा, आज पनि नेकपा कार्यकर्ता  कांग्रेस प्रवेश

    कञ्चनपूर- कञ्चनपूरबाट आज पनि ६० जनाले नेकपा त्यागेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । खानेपानीमन्त्री बिना मगरेको निर्वाचन क्षेत्रका रुपमा रहेको कञ्चनपुर क्षेत्र नम्बर एक पुनर्वासमा पछिल्लो समय काँग्रेस प्रवेश गर्ने नेकपाको लर्काे लागेको छ । ने

    कपाको वेथिती सहन नसकेपछि पार्टीका अग्रकार्यकर्ताहरुले नै नेकपा त्याग्ने क्रम बढ्दो छ । आज (आइतबार) पनि पुनर्वास क्षेत्रबाट ६० जनाले नेकपा त्याग्दै काँग्रेस प्रवेश गरेका छन् ।

    यसअघि गत मंगलबार सो क्षेत्रबाटै बिना मगरका भित्रिया कार्यकर्ता किसन नेपाली नै कांग्रेस प्रवेश गरेका थिए ।

    किसनसहित पुनर्वास नगरपालिका ७ का बुद्धिमान तामाङ, एलिया तामाङ, रमेश तामाङ, बेल्डाँडी गाउँपालिका २ का वीर बहादुर चन्द, राजन नाथ, बेलौरी नगरपालिका ६ का लोक बहादुर थापा, राजु चौधरी, बेलौरी नगरपालिका ४ का शिबु सुनार लगायतले काँग्रेस प्रवेश गरेका थिए ।

    हिजो (शनिबार) मात्रै यसै क्षेत्रको बेलौरी नगरपालिका ८ बाट ३० जनाल नेकपा त्याग्दै काँग्रेस प्रवेश गरेका छन् ।

    नेकपाको केन्द्रिय विवादले नै देशलाई कुबाटोमा डोर्याएसँगै पछिल्लो समय नेकपाका कार्यकर्ता नै शिर्षनेताहरुसँग रुस्ट बन्दै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७०५:०५:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend