काठमाडौं– सत्तारुढ गठबन्धनले सिट बाँटफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ। आइतबार साँझ बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटको जिम्मा फेरि कार्यदललाई दिएको हो।
आइतबार बसेको बैठकले कार्यदलका सदस्यहरुलाई निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न भनेका हुन् । ‘दुई दिन छलफल गरेर जति सहमति हुन्छ, त्यसअनुसार प्रस्ताव ल्याउनुस् भन्नुभएको छ,’ कार्यदलका एक सदस्यले भने ।
कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।
यसअघि कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरुले सिट संख्या टुंग्याउने प्रयास गरेका थिए । तर सहमति जुटेन । १०० सिटको दाबी गरेको कांग्रेस ९० सम्म झर्न तयार भएको छ । तर माओवादीले कांग्रेस र अरु दललाई आधा–आधा गर्ने प्रस्ताव राखेको छ भने एकीकृत समाजवादीले कांग्रेसले ७० लिएर अरु छाड्नुपर्ने अडान लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।