काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई यही भदौ १५ गते शोधपुछका लागि बोलाएको छ।
बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि शोधपुछ गर्न भदौ १५ गते बिहान ११ बजेको बैठकमा बोलाउने निर्णय गरेको हो। गत फागुन १ गते राणामाथि प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि अहिले छानबिन समितिमा छलफल भइरहेको छ।
गत फागुन २२ गते प्रतिनिधिसभाले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो।
विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।