सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विप्लव र प्रकाण्ड पर्ने भए जेल, अदालतले निकाल्यो पक्राउ पुर्जी

विप्लव र प्रकाण्ड पर्ने भए जेल, अदालतले निकाल्यो पक्राउ पुर्जी

  • मिडिया डबली
  • सोमवार, श्रावण १६ २०७९

  • 5.6K
    SHARES

  • विप्लव र प्रकाण्ड पर्ने भए जेल, अदालतले निकाल्यो पक्राउ पुर्जी

    काठमाडौं - दुई वर्षदेखि खुला राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    ललितपुर जिल्ला अदालतले विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध हातहतियार तथा खरखजानासमेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधसमेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। ललितपुर जिल्ला अदालतलबाट जारी पक्राउ पुर्जीमा भनिएको छ, ‘२०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ।

    अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस अदालतमा उपस्थित हुनुहोला।’ उपस्थित नभर्इ बसेमा मुलुकी फौजजारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पुर्जीमा जनाइएको छ। सूचनामा विप्लवका ३१ जना नेता कार्यकर्ताविरुद्ध आरोप लगाइएको छ । केपी ओली नेतृत्वको सरकार भएका बेला विप्लव मूलधारको राजनीतिमा आएका थिए ।

    त्यसअघिसम्म उनीहरू अर्धभूमिगत भई राजनीतिमा क्रियाशील थिए । देशभर विभिन्न व्यक्तिको हत्या, कुटपिट, विस्फोटक पदार्थ विस्फोट, आगजनी, तोडफोड, जग्गा कब्जामा विप्लवका नेता कार्यकर्ता सरिक रहँदै आएका थिए ।

    अघिल्लो सरकारका पालामा भएका सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग पहल गरिरहेका विप्लव र प्रकाण्ड आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अब के गर्लान् भन्ने चासो उत्पन्न भएको छ ।

    अदालतले नै पक्राउ पुर्जी जारी गरेकाले तोकिएको मितिभित्र अदालतमा उपस्थित नभए अवहेलना मुद्दामा उनीरूलाई जेल पर्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०८:०७:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend