काठमाडौं - पार्टी विभाजन गरेलगत्तै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनीसहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट बिहीबार बिहान ४ बजे पक्राउ परेको हो ।
स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । बुटवलमा बुधबार साँझ बम विस्फोट भएपछि बास्तोला समूहले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेकाले प्रहरीले उनलाई निर्वाचनसम्मका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।
स्थानीय तहको निर्वाचनका विषयमा विप्लव नेतृत्वको नेकपामा विवाद भएपछि बास्तोलाको नेतृत्वमा नेकपा बहुमत गठन गरिएको छ । बास्तोला समूहले विप्लव पक्षको सूचनाका आधारमा आफ्ना नेता पक्राउ परेको आरोप लगाएको छ ।
नेत्रविक्रा चन्द विप्लव, खड्गबहादुर विश्वकर्मासहितका नेता स्थानीय तहको पक्षमा छन् । विप्लव पक्षले स्थानीय निर्वाचनमा विभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएको छ ।
विश्वकर्मासहितका नेता अहिले आफ्ना उम्मेदवारलाई जिताउन भन्दै भोट मागिरहेका छन् । तर, बास्तोलालगायत भने स्थानीय तहको विपक्षमा उभिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।