बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चोलेन्द्रशमशेरविरुद्धको महाअभियोग अदालतमै अलपत्र, कहाँ के गर्दैछन् ?

चोलेन्द्रशमशेरविरुद्धको महाअभियोग अदालतमै अलपत्र, कहाँ के गर्दैछन् ?

  • मिडिया डबली
  • बुधवार, बैशाख २८ २०७९

  • 4.8K
    SHARES

  • चोलेन्द्रशमशेरविरुद्धको महाअभियोग अदालतमै अलपत्र, कहाँ के गर्दैछन् ?

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग अलपत्र परेको छ ।

    गत १ फागुनमा संसद् सचिवालयमा दर्ता महाअभियोग विषयमाथि छलफल नहुँदै र संसद् अधिवशेन अन्त्य भएसँगै अन्योल बनेको हो ।

    महाअभियोग विषयमा प्रतिनिधिसभामा छलफल हुने भनिए पनि सरकारले संसद् अधिवेशन अन्त्य गरेकाले अब यो विषय लम्बिने भएको छ ।

    एक महिनाअघि सरकारले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग लम्बिएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् । तर अब बस्ने अधिवेशन बजेट अधिवेशन भएकाले जबरामाथिको महाअभियोगबारे छलफल नहुने निश्चित छ ।

    त्यसमा पनि प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमा दुई बहुमत जुट्न सक्ने अवस्था छैन । एमालेले अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेको छैन । सरकारले ल्याएको प्रस्तावमा विपक्षीले साथ देलान् भनेर सोच्नु सही पनि होइन ।

    स्थानीय निर्वाचनको तिक्तताका कारण पनि एमालेले महाअभियोग पास गर्ने सरकारी इच्छामा धक्का लाग्न सक्ने अवस्था छ । यसै पनि जबराले जेठमा आफूले राजीनामा दिने बताइसकेका थिए ।

    तर, सरकारले एक्कासि महाअभियोग दर्ता गरेपछि उनी बिच्किएका छन् । कार्यक्षमता र आर्थिक अनियमिततामा प्रश्न चिन्ह उठाउँदै सत्तारुढ दल कांग्रेस र एमालेले जबराविरुद्ध महाअभियोग ल्याएका थिए ।

    आफूविरुद्ध महाअभियोग प्रस्ताव आएपछि जबरा निलम्बित अवस्थामा छन् । यतिबेला उनी कसैसँग सम्पर्कमा नभएको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २८ २०७८११:२४:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend