काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी तथा नेतृ बिना मगर कमल चिह्न बोलेर चुनावी प्रचार अभियानमा होमिएकी छन् ।
पूर्व खानेपानी मन्त्रीसमेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी हुन् । नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको छ ।
जहाँ प्रमुखमा जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके राना उम्मेदवार छन् । उनीहरूलाई जिताउन उनी घरदैलोमा खटिएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।