आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस बागमती प्रदेशमा कोषाध्यक्षमा श्रेष्ठ, विभिन्न समिति र विभाग गठन

कांग्रेस बागमती प्रदेशमा कोषाध्यक्षमा श्रेष्ठ, विभिन्न समिति र विभाग गठन

  • मिडिया डबली
  • मंगलवार, चैत्र ८ २०७८

  • 5.4K
    SHARES

  • कांग्रेस बागमती प्रदेशमा कोषाध्यक्षमा श्रेष्ठ, विभिन्न समिति र विभाग गठन

     हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको कोषाध्यक्षमा दीर्घमान श्रेष्ठ चयन भएका छन् । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सोमबार हेटौंडामा सोमबार बसेको बैठकले विभिन्न समिति र विभागसमेत गठन गरेको छ ।

    बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । समिति सदस्यमा प्रभात तामाङ, सन्तबहादुर प्रजा, प्रमोद रिमाल, इन्द्रमान महर्जन, तारा गुरुङ, कैलाश कोइराला, गंगा दाहाल, अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवशकुमार वाइबा, जितबहादुर मगर, चित्रबहादुर कार्की, महान अर्याल, डा. भगवान खड्का र लक्ष्मी महर्जन छन् ।

    बैठकले नौ सदस्यीय प्रदेश संसदीय समिति गठन गरेको छ । समितिको सदस्यमा जगदिशनरसिंह केसी, लामा कार्पु तामाङ, तिलक रुवाली, दीपेन्द्र आचार्य, भद्रा भण्डारी, कृष्णलाल भँडेल, निमा लामा, छिरिङ दोर्जे लामा र अर्जुन न्यौपाने छन् ।

    बैठकले कांग्रेस बागमती प्रदेशको प्रवक्तामा तिलक रुवाली, लेखा समपति संयोजक कृष्णकुमार श्रेष्ठ (सिन्धुली) र सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवी दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरेको छ ।

    बैठकले प्रदेश विभाग प्रमुखहरुसमेत तोकेको छ । कानुन तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भ्रातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेसागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा छन् ।

    भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा, शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा. अमितसिंह कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवतीकुमारी खड्का र वैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ संयोजक छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend