शनिवार, श्रावण २८ २०७९Aug 13 2022

Logo
images
images
images
images

करिश्माको ललितपुरमा इन्ट्री हुँदै, सिलवालको दिनगन्ती सुरु

करिश्माको ललितपुरमा इन्ट्री हुँदै, सिलवालको दिनगन्ती सुरु

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 6.6K
    SHARES

  • करिश्माको ललितपुरमा इन्ट्री हुँदै, सिलवालको दिनगन्ती सुरु

    काठमाडौं - नेपाली प्रहरीको डिआईजीबाट राजीनामा दिएर एकाएक एमाले प्रवेश गरेर सांसद जितेका नवराज सिलवाल अहिले पार्टी नेतृत्वसँग त्यति सन्तुष्ट छैनन् ।

    एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई केन्द्रीय सदस्यसमेत बनाएनन् । पछिल्लो समय सिलवालको सक्रियता त्यति देखिएको पनि छैन ।

    images
    images
    images

    ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका सिलवालले आगामी निर्वाचनमा टिकट नपाउने एमाले नेता कार्यकर्ता नै बताउँछन् । सो क्षेत्रमा चेतनाथ सञ्जेलको दाबी बढी देखिएको छ ।

    त्यस्तै, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले पनि यसपटक आफू प्रतिनिधिसभा सदस्यमा उठ्ने बताउन थालेका छन् । तर, केही दिनयता ललितपुर १ मा नयाँ सेलिब्रिटीले टिकट फुत्काउने चर्चा चलेको छ ।

    ती हुन् अभिनेत्री करिश्मा मानन्धर । करिश्मा ललितपुरको टौखेल निवासी हुन् । कलाकारिता गर्दागर्दै उनी बाबुराम भट्टराईको नयाँ शक्तिमा केन्द्रीय नेता बनिन् । देशभर भाषण गर्दै हिँडिन् ।

    उनले नयाँ शक्ति छाडेको उहिल्यै हो । त्यो पार्टी अहिले अस्तित्वमा पनि छैन । चलचित्र क्षेत्रमा त्यति क्रियाशील नभएकी करिश्मा अहिले एमाले प्रवेशका लागि खुट्टा उचालिरहेकी छन् ।

    केही अघिसम्म नेताहरूको उछितो काढ्ने करिश्मा अहिलेसम्म तीन–चारपटक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगिसकेकी छन् ।

    ओली पनि के कम एमालेबाट राजनीति गर्ने हो भनेर उनलाई सोधे । बिहीबार नवराज सिलवालले करिश्मालाई बालकोट लगे । करिश्मा र नवराजको घर नजिकै पर्छ ।

    त्यही भएर उनले एमाले प्रवेश गराउन खोजेका हुन् । तर, स्रोतका अनुसार करिश्मालाई ललितपुर १ बाट संघीय सांसद उठाउने ओलीको तयारी छ ।

    आगामी वैशाख ९ गते करिश्मा एमाले प्रवेश गरेपछि त्यसपछि खेल सुरु हुने एमाले ललितपुरमा चर्चा सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ८ २०७९११:२०:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend