आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मिटरब्याजमा यसरी मान्छे ठग्दा रहेछन् सिलवाल ! गृहमन्त्रालयमा पर्यो उजुरी 

मिटरब्याजमा यसरी मान्छे ठग्दा रहेछन् सिलवाल ! गृहमन्त्रालयमा पर्यो उजुरी 

  • मिडिया डबली
  • बुधवार, भाद्र १५ २०७९

  • 25.8K
    SHARES

  • मिटरब्याजमा यसरी मान्छे ठग्दा रहेछन् सिलवाल ! गृहमन्त्रालयमा पर्यो उजुरी 

    काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवाल फेरि अर्को झमेलामा परेका छन् । मिटरब्याज असुलीको आरोपमा उनीमाथि गृह मन्त्रालयमा उजुरी परेको छ ।

    आइजिपी नभएपछि जागिर छाडेर एमालेको राजनीतिमा लागेका सिलवाल विरुद्ध उजुरी परेको स्रोतको दाबी छ। 

    उनीविरुद्ध सिन्धुपाल्चोकका सरोज थापाले उजुरी गरेका हुन् । सापटी लिएको पैसा भन्दा तेब्बर बुझाउँदा पनि आफुहरुको जग्गा खाइदिएको भन्दै उनले सिलवामाथि कारबाहीको माग गरी उजुरी दिएका हुन् । सरोजका बुबा गुनबहादुर थापासँग सिलवालकै ठूलो लफडा चलेको थियो । सिलवाल पदमा हुँदा गुनबहादुरलाई उनले लागुऔषधदेखि बैंकिङ कसुरसम्मका मुद्दा चलाएका थिए ।

    राजीनामासँगै सिलवालको मिटरब्याजको विवाद हराएको थियो । अहिले गृह मन्त्रालयले छानबिन थालेपछि फेरि यो विवादमा सिलवाल पर्ने भएका छन् । ललितपुरबाट फेरि चुनाव लड्ने तयारीमा रहेका उनलाई मिटरब्याजको झमेलाले सताउने देखिन्छ ।

    मिटरब्याजमा ठगी गरेको उजुरी परेको समचार सार्वजनिक भएपछि सिलवाल कांग्रेससँग फायर भएका छन्। उनले चुनावको मुखमा आफ्ना विरुद्ध कांग्रेसले छौडा प्रयोग गरेको बताएका छन्। 

    Open photo

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २७ २०७८११:४९:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend