आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एमालेले टिकट नपाएपछि करिश्मा आक्रोशित, उम्मेदवारको मनोनयनमा गइनन्

एमालेले टिकट नपाएपछि करिश्मा आक्रोशित, उम्मेदवारको मनोनयनमा गइनन्

  • मिडिया डबली
  • मंगलवार, आश्विन २५ २०७९

  • 3.0K
    SHARES

  • एमालेले टिकट नपाएपछि करिश्मा आक्रोशित, उम्मेदवारको मनोनयनमा गइनन्

    काठमाडौं - अभिनेत्री करिश्मा मानन्धर स्थानीय तहको निर्वाचन अगाडि बडो तामझामका साथ एमाले प्रवेश गरिन् ।

    त्यसका लागि उनले दुई तीन राउन्ड एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट धाइन् । उनलाई बालकोट लैजानेमा कोमल वली पनि एक हुन् ।

    आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिश्माले एमालेबाट टिकटको अपेक्षा गरेकी थिइन् । पाए संघ नपाए प्रदेशमा भए पनि चुनाव लड्ने उनको आकांक्षा थियो । उनी निकट एमाले नेता कार्यकर्ताका अनुसार करिश्माले ललितपुर १ (ख) मा टिकट पाउने आशा राखेकी थिइन् ।

    तर एमालेले पुरानै अनुहारलाई टिकट दियो । त्यसपछि करिश्मा फायर भएकी छन् । आइतबार देशभर उम्मेदवारी मनोनयनको कार्यक्रम थियो । तर, करिश्मा भने आफ्नो घरबाट मुस्किलले पाँच मिनेटको दूरीमा पर्ने गोदावरी नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय गइनन् ।

    स्रोतका अनुसार आफूलाई टिकट नदिइएपछि उनी एमाले उम्मेदवारको मनोनयन कार्यक्रममा सरिक नभएकी हुन् । ललितपुर १ मा संघअन्तर्गत एमालेले करिश्माकै छिमेकी नवराज सिलवाललाई टिकट दिएको छ ।

    करिश्माले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘म जनताको मात्रै मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद । अब सुरुवात हो ।’ धेरैले करिश्माको यो स्टाटसलाई टिकट नपाएको आक्रोश मानेका छन् । करिश्माले सोमबार बिहान फेरि लेखिन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ । बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ यो स्टाटसले कतै करिश्माले एमाले छाड्न लागेकी त होइनन् भन्ने विश्लेषण गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ३ २०८००२:२८:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend