आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अध्यक्षको प्रत्यासी जिम्बासहितको जम्बो टोलि कांग्रेसमा प्रवेश, बानियाँले गरे भब्य स्वागत

अध्यक्षको प्रत्यासी जिम्बासहितको जम्बो टोलि कांग्रेसमा प्रवेश, बानियाँले गरे भब्य स्वागत

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १ २०७८

  • 7.7K
    SHARES

  • अध्यक्षको प्रत्यासी जिम्बासहितको जम्बो टोलि कांग्रेसमा प्रवेश, बानियाँले गरे भब्य स्वागत

    हेटौडा - बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् ।

    नवप्रवेशीहरुमा राप्रपाका जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सहसचिव सुदजराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, स्यामकुमार राई, कृष्णबहादुर शाही लगायत राप्रपाको महिला, युवा तथा अन्य भातृ संगठनका सदस्यहरु रहेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य डीनाले नवप्रवेशीहरुलाई बधाई दिँदै आसन्न स्थानीय तहको निर्वाचनका लागि लागिपर्नुपर्ने बताइन् ।

    जनताकोबीचमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । त्यस्तै बागमती प्रदेश सभापति बानियाँले नवप्रवेशीहरुलाई पनि विभेद नगरी समान अवसरको वितरण गरिने बताए ।

    उनले जनताको हितमा काम गर्न इच्छा र लगनशीलता देखाउनेलाई कांग्रेसले समान अवसर दिँदै उनीहरुलाई पार्टी तथा देश र जनताप्रति थप जिम्मेवार बनाइने प्रतिवद्धता व्यक्त गरे ।

    कांग्रेस प्रवेश गरेसँगै नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् ।

    उनले कमल थापाबारे टिप्पणी गर्दै भनिन्, ‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक र गलत टिकाटिप्पणी गर्दै हिँडिरहनु भएको छ । कार्यकर्ताको मतको सम्मान गर्न सक्नु भएको छैन । त्यस कारण हामीले पार्टी छाडेका हौं ।’, उनले भनिन्,‘आफ्नो स्वार्थ अनुसार कमल थापा अगाडि बढ्न खोजेको कारण अब नेपालमा राप्रपाको भविष्य छैन ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend