काठमाडौं - नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार बानियाँले परीक्षणका लागि आफ्नो स्वाव पठाएका थिए ।
आइतबार उनको रिपोर्ट पोजेटिभ देखिएको बानियाँले मिडिया डबलीलाई जानकारी दिएका छन् । उनि शुक्रबारदेखि आइसोलेसनमा बसेका थिए ।
सभापति बानियाँलाई रुघा, खोकी, ज्वरो आएपछि आइसोलेसनमा बसेको निजी सचिवालयले हिजो मात्र जानकारी दिएको थियो । अहिले सभापति बानियाँले तत्कालका लागि भेटघाट, फोनसम्पर्क आदि तत्कालका लागि स्थगित गरेको जनाएका छन् ।
उनले पछिल्लो समय आफू निकट भएका मानिसहरूलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन् । यसैबीच, एमालेका नेता विष्णु पौडेललाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । पौडेल पनि आइसोलेसनमा बसेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।