काठमाडौं - माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा प्रतिनिधिहरूले केन्द्रीय सदस्यहरूले आफ्ना सन्तानलाई कम्तीमा सामुदायिक स्कुलमा पढाउनुपर्ने माग अघि सारेका छन् ।
प्रचण्डको वैचारिक तथा राजनीतिक र नेता देव गुरुङको विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा गण्डकी प्रदेशले पार्टी केन्द्रीय सदस्यहरूले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेको हो ।
संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागू गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको जनाइएको छ । पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकर्ताको यो मागले निदहराम गरेको छ ।
प्रचण्डकै नाति एवं स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा युलेन्स स्कुलमा कक्षा २ मा पढ्ने गरेको र उनको मासिक शुल्क ५० हजार रहेको सुनेपछि माओवादी प्रतिनिधि आश्चर्यमा परेका छन् । युलेन्स अमेरिकी व्यवस्थापनमा सञ्चालित स्कुल हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।