बेइजिङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति बाइडेनलाई आफ्नो पुरानो साथीको रुपमा अभिवादन गरे। तर, पछिल्लो समय चीनसँग आक्रोशित बनेका बाइडेनले भने हामी होइनौं भन्दै रुखोरुपमा प्रस्तुत भए।
सी र बाइडेनबीको साढे तीन घण्टा लामो भर्चुअल सम्मेलनमा कोभिड १९ को उत्पत्तिको विषयमा भने कुनै कुरा हुन सकेन। जसका कारण बाइडेन थप आक्रोशित बनेका हुन्।
चिनियाँ कम्युनिस्ट नेता सीले बाइडेनलाई भने, भर्चुअल सम्मेलन आमनेसामनेको भेट जत्तिकै राम्रो छैन तर पनि म मेरो पुरानो साथीलाई देखेर धेरै खुसी छु। बाइडेनल आफ्नो उपराष्ट्रपतिको समयमा सीसँगको आफ्नो सम्बन्धको बारेमा बारम्बार सम्झाए। फक्स न्यूजका संवाददाता पिटर डूसीले दुई जनालाई पुराना साथीहरु कोरोना महमारीको उत्पत्तिको विषयमा बोल्न सुझाए पनि त्यो सफल हुन सकेन।
केही सीधा कुरा गरौं, बिडेनले त्यस समयमा भने, “हामी एकअर्कालाई राम्ररी चिन्छौं तर हामी पुराना साथी होइनौं। यो केवल विशुद्ध बिजनेस हो।
वास्तवमा, बाइडेन र सीले सोमबार कुरा गर्नुभन्दा केही घण्टा अघि, ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले जुन एक्सचेन्जको सम्झना गराउँदा बाइडेनले अझै पनि स लाई पुरानो साथी मान्न नसकिने र दुबै मुलुकबीचको सम्बन्ध निरन्तर रहने र गलत कदमको कडा विराध गर्ने बताए।
एक दर्जन भन्दा बढी प्रमुख विषयहरू कभर गर्ने लामो कुराकानीको बावजुद पनि सात लाखभन्दा बढी बढी अमेरिकीहरूको मृत्ष्ु भएको कोरोना महामारीको उत्पत्तिको विषय भने स्पष्ट सम्मेलनमा आउन सकेन।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको मानव अधिकार, अफगानिस्तान, इरान, उत्तर कोरिया, ताइवान, हङकङ, तिब्बत, सिनजियाङ, स्वतन्त्र र खुला इन्डो प्यासिफिकू, स्वास्थ्य सुरक्षा, जलवायु संकट र विश्व ऊर्जा आपूर्तिलगायतका विषयमा कुरकानी भएको थियो। तर, कोरोना भाइरसको विषयमा भने कुनै कुरा हुन सकेन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।