आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मुख्यमन्त्रीको दौडमा रहेका बानियाँ कांग्रेस बाग्मती प्रदेश सभापतिका उम्मेदवारमध्ये बलिया

मुख्यमन्त्रीको दौडमा रहेका बानियाँ कांग्रेस बाग्मती प्रदेश सभापतिका उम्मेदवारमध्ये बलिया

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १७ २०७८

  • 6.2K
    SHARES

  • मुख्यमन्त्रीको दौडमा रहेका बानियाँ कांग्रेस बाग्मती प्रदेश सभापतिका उम्मेदवारमध्ये बलिया

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले सातवटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।

    शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । यसक्रममा कांग्रेस बाग्मती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडामा जारी महाधिवेशनमा उनले केही समयअघि उम्मेदवारी दर्ता गरेका हुन् ।

    नेपाली कांग्रेसका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । पूर्वगृहराज्यमन्त्रीसमेत रहेका बानियाँको पकड बाग्मती प्रदेशमा धेरै छ ।

    आगामी ६ महिनाभित्र बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने अवस्थामा रहेका नेता बानियाँ संसथापनइतर समूहका उम्मेदवार जगदीश्वरनरसिंह केसीको तुलनामा निकै लोकप्रिय छन् । केसी आफ्नै गृहजिल्ला नुवाकोटमा पनि कमजोर छन् ।

    तर, बानियाँको प्रभाव भने विभिन्न जिल्लामा छ । संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेद्वार रहनेछन् ।

    संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन् । सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ७ २०७८१०:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend