सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हुम्लास्थित नेपाली भूमिमा चीनको घात, तर कार्यदल बोल्न डरायो

हुम्लास्थित नेपाली भूमिमा चीनको घात, तर कार्यदल बोल्न डरायो

  • मिडिया डबली
  • सोमवार, आश्विन ११ २०७८

  • 5.8K
    SHARES

  • हुम्लास्थित नेपाली भूमिमा चीनको घात, तर कार्यदल बोल्न डरायो

    काठमाडौं - आफ्नो देशको सिमाना चीनले अतिक्रमण गरेको देख्दादेख्दै पनि स्थलगत अध्ययन कार्यदलले आँखा चिम्लेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्म चीनसँग सीमाना जोडिएको क्षेत्रको स्थलगत अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा यथार्थ कुरा लेख्न समिति सदस्यहरू डराएका छन् ।

    प्रतिवेदनमा सीमालगायतका द्विपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत् समाधान गर्न सुझाव प्रस्तुत गरे पनि कति भूमि चीनले मिचेको भन्ने लेख्न हात काँपेको स्रोतले जनाएको छ ।

    प्रतिवेदनमा सिमानामा लगाइएको मार्कर र पिल्लरको अवस्था ठीक रहेको उल्लेख गरेको बताइन्छ । तर, हुम्लासँग जोडिएको सिमानाको १० (टेन)ं यार्डस् (दशगजा) क्षेत्रका केही ठाउँमा जाली राखेको जस्तो देखिएको संकेत गरिएको छ । त्यो जाली के हो ? कहाँ राखिएको हो ? के प्रयोजनको लागि भन्ने केही पनि नखुलाइएको मन्त्रालय स्रोतले बतायो ।

    जबकि लाप्चामा चीनले भौतिक संरचना निर्माण गरेको देखिएको कांग्रेस नेता जीवनबहादुर शाहीले बाहिर ल्याएका थिए । चीनले नेपालको भूमि मिचेको भन्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले कुरा उठाएपछि भदौ १६ गतेको क्याबिनेट बैठकबाट कार्यदल गठन भएको थियो ।

    कार्यदलले दिएको प्रतिवेदनमा सो क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारलगायतका विषयलाई समेटेको तर किटानीसाथ केही पनि नबोलिएको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २० २०८१०१:५२:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend