काठमाडाैं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले चीनले हुम्लाको १२ नम्बर सीमा स्तम्भ क्षेत्र वरिपरि लोलुङजोंगमा निर्माण गरेका भवनहरु नेपाली भूमिमै रहेको दाबी गरेका छन्। हालै स्थलगत निरीक्षणमा गएर फर्केका शाहीले नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको भर्चुअल छहारी सम्वादमा बोल्दै यस्तो बताएका हुन्।
उनले हिल्सा किट भन्ने ठाएँमा पनि चीनले नेपाली भूमि अतिक्रमण गरेको बताएका छन्। उनले हिल्सामा रहेको दशगजा क्षेत्रमा भने चीनले आफ्नो भूमि तारबार गरेको पनि बताए। सीमा स्तम्भ १० र ११ वरिपरि भने अतिक्रमण नगरेको उनको भनाई छ। उनले अतिक्रमण भएको प्रमाण पनि पेश गरेका छन्।
नेपाल सरकार र चीन सरकारबाट अनुमोदन भएको नक्सासँगै १२ नम्बर पिल्लरको उचाई ५०१८ मिटर उचाइमा छन्। नक्साले थप ५२३९.५ मिटर उचाइको टापु क्षेत्रमा नेपालको भूमि देखाउँछ। १९८२ अगस्ट मा स्वीकृत भएको नक्सा अनुसार चीनले नेपाली भूमि अतिक्रमण गरेको भवन बनाएको पुष्टि हुनेछ। सीमालाई तारबारले घेर्न नपाइने अन्तराष्ट्रि सीमा प्रोटोकल चीनले मिचेको छ। बार लगाउँदा सीमा स्तम्भलाई चीन तर्फ पारिएको उनले बताए।
चीनियाहरु नेपालको ६(१) पिल्लर क्षेत्रमा नेपाली भूमिमा आफू आउने तर नेपालीलाई आफ्नै भूमिमा जान नदिने गरेको उनले बताए। चीनले नयाँ १२ नम्बरका पिल्लर बनाएको छ। चीनले २०१८ मा पिल्लर बनाएको भनेर पिल्लरमै लेखेको छ। हिउँ खाएको पिल्लरमा रंग नरहने उनको दाबी छ। १२ नम्बरको पिल्लर बाट डेढकिलोमिटर भूमि अतिक्रमण गरेको शाहीले दाबी गरे। नेपाली जमिनका ढुंगाहरु प्रयोग गरी चीन तर्फ तटबन्धन बनाइको दृश्य पनि उनले देखाए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।