काठमाडौं – कोरोना भाइरस विरुद्धको खोपको विद्युतीय प्रमाणीकरणका क्रममा म्यानपावर कम्पनीले अतिरिक्त शुल्क लिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा निर्देशन दिएको छ ।
मन्त्रालयले आईतबार एक सूचना प्रकाशित गर्दै अतिरिक्त शुल्क नतिर्न सेवाग्राहीलाइए सूचित गरेको छ ।
मन्त्रालयको सूचना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘सेवाग्राहीले पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि म्यानपावरबाट फर्म भराउँदा कुनै अतिरिक्त शुल्क नतिर्नुहोला । यो सेवा पूर्णतः निशुल्क हो । शुल्क माग गरी झन्झट सिर्जना गरेमा टोल फ्री नम्बर १६६००१०९९९९/१६६००१५०००५ मा टिपाउनुहोस् ।’
प्रमाणीकरण गराउँदा अस्पतालमा भीड भएपछि मन्त्रालयले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।