काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ ।
परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने जनाइएको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्न लागेको छ ।
२०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमबाट १६०० र एनसेलबाट १६०० मार्फत् थाहा पाउन सकिने भएको छ ।
ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालिमार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।