काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको १० कक्षाको एसईई परीक्षाबारे सरकारले छिट्टै निर्णय गर्ने जानकारी नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दिएका छन् ।
शितलनिवासमा शपथ ग्रहणपछि कार्यभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री श्रेष्ठले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ढाँचाबारे चाँडै टुंगोमा पुगिने बताए ।
गत वर्ष कोरोना महामारीकै कारण सम्बन्धित विद्यालयबाट आन्तरिक मूल्यांकन गराई नतिजा प्रमाणीकरण भएको थियो ।
मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सन् २०२१–२०२५ को ५ वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर समेत गरेका छन् ।
मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरू रामप्रसाद थपलिया र डा. सञ्जय शर्मा लगायतले मन्त्रालयमा स्वागत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।