काठमाडौं – सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आन्तरिक मूल्यांकनबाटै प्रकाशित गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको छ ।
कोरोना महामारी झन् बढ्दै गएकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा टुंगो लगाउने जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आईतवार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई प्रस्ताव गरेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।