काठमाडौं – सरकारले देशभर मध्यम र लामो दूरीका सवारीसाधन खोलेको छ ।
गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न देशभरका सीडीओ र प्रहरीलाई परिपत्र पठाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साल र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृह मन्त्रालयले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका शाखा अधिकृत रामबहादुर केसीले पठाएको परिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिएका छन् ।
साउन ४ गतेको मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।