काठमाडाैं- भोलिबाट साझा यातायातले लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका लामोदुरीका यातायात भोलिबाट सञ्चालनमा आउने भएका हुन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला लामो दुरका साझाबसको टिकट अब ई सेव अनलाईन पेमेन्ट प्रणालीको प्रयोग गरेर घरबाटै काट्न सकिने भएको छ । साझा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्यालयमा गएर टिकट बुकिङ गर्न सक्ने भएका हुन् ।
सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन् ।
भोलि बिहान ७ बजे काठमाडौंबाट पोखरा, कुस्मा, बाग्लुङका रुटका २ वटा र बुटवल, भैरहवा, सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।