काठमाडौं- सरकारले निषेधाज्ञाको जिम्मा स्थानीय तहलाई दिएसँगै देशभर निषेधाज्ञा केही खुकुलो हुँदै गएको छ । काठमाडौं उपत्यकामा समेत सरकारले १६ सिटभन्दा माथि सवारी साधनहरु सञ्चालनको अनुमति दिएको छ ।
नेपालका ठूला चाँडपर्वहरु नजिकिदै गरेको अवस्थामा असोज १ गते लामो दुरीका सवारी साधनहरु सञ्चालनमा आउँलान कि भन्ने सर्वसाधरणको अपेक्षा रहेको छ । तर, कोरोना भाइरसको संक्रमण भने देशभर बढ्दै गएको अवस्था छ ।
भारत लगायत विभिन्न देशमा लकडाउन खुकुलो भएर संयमितरुपमा विभिन्न सेवाहरु सञ्चालन भइसकेका छन् । केही दिनअघि पर्यटन मन्त्रालयले समेत असोज १५ देखि आन्तरिक उडान सुरु गर्ने प्रस्ताव अघि सारेको छ ।
यसबीच असोज १ गतेबाट लामो दुरी सवारी साधन सञ्चालनमा आउँलानकी भन्ने कुरामा भने सरकारी स्तरमा कुनै तयारी भने भइसकेको छैन् । यद्यपी यातायत व्यवसायी संगठनहरुले भने सञ्चालनको अनुमति दिन दाबब दिँदै आएको छ ।
यातायात व्यवसायी र मजदुरहरु आउँदो गत चैत ११ गतेदेखि बन्द लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन असोज १ गतेदेखि चलाउने तयारीमा छन् । यसबारे उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।
गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर संगठनका अगुवाहरूले लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सबै सिट क्षमताका सम्पूर्ण सार्वजनिक यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
यसबारे कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदले निर्णय गर्न सक्ने भन्दै मन्त्री नेम्वाङले सार्वजनिक यातायातका साधन सुचारु गर्ने विषयमा दुवै स्थानमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाएका छन् ।
तर, सरकारले निर्णय नगरे पनि १ असोजबाट सबै प्रकार र दरीका सवारी साधन चलाउने तयारीमा यातायात व्यवसायी र मजदुर संगठन जुटेका छन् । उनीहरुले सरकारलाई बुझाएको ज्ञापन पत्रमा पनि यसबारे उल्लेख गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।