काठमाडौंं – पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बसेर स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक १५ मिनेटपछि बस्ने गरी पहिलो बैठक स्थगित गरेका छन् ।
पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र, केही अध्यादेश र शोक प्रस्ताव पेश भएका थिए ।
दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।