काठमाडौं – यातायात व्यवसायी तथा मजदुरहरुले देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधन चलाउनेबारे निर्णय लिएका छन् ।
सोमवार काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासनले आज मंगलवरदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार १८ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर देशैभर सबै सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका छन् ।
यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली लागू नगरेर सबै प्रकारका सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको माग छ ।
पढ्नुहोस् प्रेस विज्ञप्ति –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।