बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

प्रधानन्यायाधीश जबरा पछि नहट्ने मुडमा, विवादमा तानिएका दुई न्यायाधीश इजलासमै

प्रधानन्यायाधीश जबरा पछि नहट्ने मुडमा, विवादमा तानिएका दुई न्यायाधीश इजलासमै

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 4.9K
    SHARES

  • प्रधानन्यायाधीश जबरा पछि नहट्ने मुडमा, विवादमा तानिएका दुई न्यायाधीश इजलासमै

    काठमाडौं - विपक्षी कानुन व्यवसायीको चर्को दबाबपछि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पछि नहट्ने मनस्थितिमा देखिएका छन् । उनले मंगलबार पनि पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन् ।

    न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा बस्ने नैतिकता नभएको भन्दै प्रतिनिधिसभा विघटन बदर गरिपाउँ भन्दै परेको रिट निवेदनमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीशलाई दबाब दिएका थिए ।

    दुई दिनसम्मको रस्साकस्सीबीच पनि प्रधानन्यायाधीश जबरा पछि हट्न मानेनन् । आजदेखि मुद्दाको मूल विषयमा प्रवेश गर्ने प्रधानन्यायाधीश जबराको तयारी छ । तर, रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरूको धारणा सार्वजनिक भइसकेको छैन ।

    सर्वोच्च बार एसोसिएसनको पदाधिकारी टोलीले प्रधानन्यायाधीश जबरालाई भेटी संवैधानिक इजलास पुनर्गठन गर्न माग गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं परिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहितको टोलीले मंगलबार प्रधानन्यायाधीशलाई भेटी सो आग्रह गरेको हो ।

    तर, प्रधानन्यायाधीशले कुनै ठोस जवाफ दिएका छैनन् । वरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासनमा न्यायाधीश श्रेष्ठ र केसीलाई हटाएर वरिष्ठ न्यायाधीशलाई राख्न माग गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ६ २०७९११:२०:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend