बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले राखे चार वरिष्ठ न्यायाधीश

संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले राखे चार वरिष्ठ न्यायाधीश

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 3.9K
    SHARES

  • संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले राखे चार वरिष्ठ न्यायाधीश

    काठमाडौं - प्रधानन्यायायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । उनले आफू निकटका दुईजना न्यायाधीश राखेका छन् ।

    इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।

    यसअघि ५ पुसमा भएको विघटनको मुद्दामा बेञ्च तोक्दा वरिष्ठताक्रम र विज्ञता दुवै ख्याल नगरी आफ्नो नजिकका न्यायाधीश राखिएको भन्दै प्रधानन्यायाधीशको आलोचना भएको थियो ।

    पछिल्लो पटक वरिष्ठतम् न्यायाधीशलाई पनि उनले इजलासमा समावेश गराएका थिएनन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    यसविरुद्ध सर्वोच्चमा ३० रिट परेका छन् । जसमध्ये बिहीबार साधारण इजलासमा पेस भएका १९ रिटमाथि सुनुवाइ भएको थियो ।

    ती रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले तिनलाई पनि संवैधानिकमार्फत नै टुग्याउने आदेश दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ६ २०७९११:२०:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend