आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यातायात सञ्चालनमा सरकारको नयाँ नियम, कति यात्रु बोक्न पाइन्छ ?

यातायात सञ्चालनमा सरकारको नयाँ नियम, कति यात्रु बोक्न पाइन्छ ?

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 6.2K
    SHARES

  • यातायात सञ्चालनमा सरकारको नयाँ नियम, कति यात्रु बोक्न पाइन्छ ?

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएका बेला सार्वजनिक यातायात सञ्चालनमा सरकारले नयाँ नियम ल्याएको छ ।

    सरकारको नयाँ मापदण्ड अनुसार यातायातका साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।

    आज सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण रोकथामका लागि नयाँ आदेश जारी गरेको छ । आदेश अनुसार सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।

    सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीसाधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको बताएका छन् ।

    लामो दूरीका सवारीसाधनले सुरू गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु चढाउन नपाउने र यात्रुको विवरण जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता गुरुङले बताए । सवारीसाधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्ने नियम समेत सरकारले बनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend