काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कम्युनिस्ट सरकारलाई झड्का लाग्ने निर्णय गरेकाे छ । लामाे समयसम्म अाफुहरूकाे मागलार्इ सम्बाेधन नगरेकाे भन्दै व्यवसायीहरूले अर्काे बाटाे अपनाएका हुन् ।
महासङ्घले असार २१ बाट सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय गरेकाे हाे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जबरजस्ती भएपनि सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक सवारी सञ्चालनका लागि सरकारसँग माग गर्दा सरकारले कुनै निर्णय नगरेपछि महासङ्घले जबरजस्ती भएपनि सञ्चालन गर्ने जनाएको छ । सरकारले आफुहरुलाई अल्झाउन मात्रै खोजेको व्यवसायीहरुको आरोप छ ।
व्यवसायीहरुले ३ महिनाभन्दा लामो समयसम्म बन्दको अवस्थामा रहँदा आर्थिक सङ्कटमा परेको तर सरकारले हुनै राहत उपलञ्ध नगराएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले बताएका छन् । सरकारले सार्वजनिक यातायातलाई मात्रै रोक्दा मजदुरलाई आर्थिक संकटमा पारेको उनको भनाइ छ ।
निजी यातायातबाट कोरोना नसर्ने तर सार्वजनिकले विभिन्न सुरक्षा उपायँ अपनाए पनि सर्ने भन्दै व्यवसायीले प्रश्न समेत गरेका छन् । असार २१ पछि गाडी बैठक बसेर ठोस निर्णय गर्ने र सोहिअनुसार गाडी चलाउन महासङ्घले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।