आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिक्षामन्त्रीको भित्रि साँठगाँठ ‘फेल’ : अन्ततः विद्यालय बन्द गर्ने निर्णय

शिक्षामन्त्रीको भित्रि साँठगाँठ ‘फेल’ : अन्ततः विद्यालय बन्द गर्ने निर्णय

  • मिडिया डबली
  • शनिवार, बैशाख ४ २०७८

  • 6.8K
    SHARES

  • शिक्षामन्त्रीको भित्रि साँठगाँठ ‘फेल’ : अन्ततः विद्यालय बन्द गर्ने निर्णय
    फाइल तस्बिर

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेपनि विद्यालय बन्द गर्ने मागलाई बेवास्ता गर्दै निजी स्कूलका सञ्चालकसँग साँठगाँठ गरेका कम्युनिस्ट सरकारका शिक्षामन्त्रीको योजना ‘फेल’ भएको छ ।

    कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले शहरी क्षेत्रका विद्यालयहरू आगामी बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

    विद्यालयको पठनपाठन बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सिफारिसमा उल्लेख छ । परीक्षाहरू भने सञ्चालन हुनुपर्ने सिफारिस सीसीएमसीले गरेको छ ।

    बैठकले शहरी क्षेत्रबाहेक अन्य क्षेत्रका विद्यालयले प्रदेश र स्थानीय तहको निर्णय गरेअनुसार कदम चाल्न सक्ने व्यवस्था मिलाएको छ ।

    सरकारले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने तयारी गरेको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र अन्तिम रूप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

    सीसीएमसीका सचिव खगराज बरालले शैक्षिक संस्थाहरू पूर्णरूपमा बन्द हुने अर्थमा सिफारिसलाई बुझ्न नमिल्ने बताएका छन् । विद्यालयले अनलाइन कक्षाहरु सञ्चालन गर्नुपर्ने र परीक्षाहरू पनि नरोकिने बरालले बताएका छन् ।

    शैक्षिक संस्थाहरू पूर्णरूपमा बन्द गर्दा मेडिकल कलेजका विद्यार्थीलाई पर्नसक्ने असरका विषयमा समेत सीसीएमसीले ध्यान दिएको बरालले बताए । शनिवारको बैठकमा खासगरी स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड सम्बन्धी प्रस्तावमाथि छलफल भएको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०६:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend