आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउनको नपढाएको शुल्क तिर्न अभभिावकलाई निजी विद्यालयहरूको दवाव

लकडाउनको नपढाएको शुल्क तिर्न अभभिावकलाई निजी विद्यालयहरूको दवाव

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 7.1K
    SHARES

  • लकडाउनको नपढाएको शुल्क तिर्न अभभिावकलाई निजी विद्यालयहरूको दवाव
    फाइल तस्बिर

    काठमाडौं - लकडाउनका बेला पठाइ नभएको समयको शुल्क बुझाउन निजी विद्यालय सञ्चालकहरूको छाता संगठन एनप्याब्सन र प्याब्सनले अभिभावकलाई दवाव दिएको छ ।

    एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टीकाराम पुरीले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् ।

    उनीहरूलाई विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई आग्रह गरेका छन् । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।

    निजी विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकले तिर्ने शुल्क भएकोले समयमै उपलब्ध गराइदिन आग्रह गरेका छन् । उनीहरूले कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको जनाएका छन् ।

    निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका छन् ।

    ‘लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ ।’ ‘भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन्’, विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २८ २०७७०६:३८:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend