काठमाडौं- त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले भदौ ७ गतेसम्म क्याम्पसमा पुग्न नसकिने बताएका छन् ।
आइतबार विज्ञप्ति जारी संघले भदौ ७ गतेसम्म क्याम्पसमा अनिवार्य उपस्थित हुनु भन्ने कुरा व्यवहारिक नभएको बताएको हो ।
भदौ १ गतेदेखि मात्रै लामो दुरीको सवारी चल्दा भौगोलिक विकटताका कारण ७ गते नै सम्बन्धित क्याम्पसमा पुग्न नसकिने संघले बताएको हो ।
शुक्रबार त्रिविले सूचना जारी गर्दै भदौ ७ गतेभित्र सबै आ–आफ्नो कलेजमा उपस्थित हुन र त्यसभन्दा पहिले आफ्नो पायक पर्ने आंगिक क्याम्पसमा हाजिर हुन भनेको थियो ।
बन्दाबन्दीको समयमा समेत कतिपय शिक्षकहरूले अनलाइन प्रविधिमार्फत कक्षा लिइरहेको कुरालाई नजरअन्दाज गरिएको भन्दै यो निर्णय पुनर्विचार गर्न माग गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।