काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी धेरै फैलिएपछि भारतको महाराष्ट्र शिक्षा विभागले १० र १२ कक्षाका परीक्षा नै स्थगित गर्ने निर्णय गरेको छ ।
महाराष्ट्र राज्यकी शिक्षामन्त्री वर्षा गैकवाडले ट्विटरमार्फत कोरोनाका कारण परीक्षा स्थगित गरिएको जानकारी दिएकी छन् ।
मन्त्री गैकवाडले भनेकी छन्, ‘वर्तमान परिस्थिति परीक्षा सञ्चालनका लागि अनुकुल छैनन्, विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो ।’
मन्त्री गैकवाडले १२ कक्षाको परीक्षा मई अन्त्यसम्म र १० कक्षाको परीक्षा जुनमा सञ्चालन गरिने जानकारी दिएकी छन् । परीक्षाको नयाँ मिति चाँडै सार्वजनिक गरिने मन्त्री गैकवाडले बताइन् ।
मन्त्री गैकवाडले परीक्षा स्थगित गर्ने निर्णय लिनुअघि सरोकारवाला विद्यार्थी, शिक्षक, अभिभावक, सबै पक्षका प्रतिनिधि, विज्ञ लगायतसँग परामर्श लिइएको बताएकी छन् ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण र मृत्युको नयाँ रेकर्ड बनिरहेको सन्दर्भमा सबैतिर चिन्ता व्यक्त गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।